बारामा पार्किङ गरी राखेको बसमा आगलागी, ५१ लाखभन्दा बढी क्षति

साझेदारी दैनिक
962 पाठक संख्या
सांकेतिक तस्वीर

कलैया । बाराको नौतन स्थित पार्किङ गरी राखेको एउटा बसमा आगलागी भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ५ सानो नौतन स्थित एउटा घर नजिकै पार्किङ गरि राखेको ना ६ ख ४९८१ नम्बरको बसमा आफै ब्याट्रीको तार सर्ट भई आगलागी हुदाँ घरको झ्याल र ढोका समेत जलेको थियो।

आगलागीमा बस र घर जलेर ५१ लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

इलाका प्रहरी कार्यालय प्रसौनीको टोली, स्थानिय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

Leave a review