Sajhedari Daily
Latest News from Nepal

४ केजी गाँजासहित दुई जना पक्राउ

साझेदारी संवाददाता/

प्रतिबन्धित लागुऔषध गाँजासहित पर्साबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गाँजासहित मकवानपुर राक्सीराङ गाउँपालिका वडा नम्बर ८ बस्ने बर्ष १८ को सुकराम तामाङ र बर्ष १९ की अस्मिता तामाङलाइ पक्राउ गरेको जनाएको छ ।

दुबैजनालाई पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ स्थित बडेर्वाबाट एकटांगा सवार गर्दै गर्दा पक्राउ गजिाने कच्ची सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनाको साथबाट पेटमा बाँधेर ल्याएको ४ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका दुबैजनालाई अरु व्याक्तिले गाँजा दिएको तथा उनीहरुको खोजी कार्य भईरहेको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले बताए ।