सिमरामा संचालन हुने जीतपुरसिमरा गोल्डकपको तयारी पुरा

साझेदारी दैनिक
साझेदारी दैनिक 417 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बाराको सिमरामा संचालन हुने जीतपुरसिमरा गोल्डकप फुटवल प्रतियोगिताको ११ औं संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ ।

मंगलवार अर्थात यही चैत्र ३१ गतेबाट शुरुहुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजक नव जनजागृति यूवा क्लवले जनाएको छ । आईतवार सिमरा स्थित रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता वारे जानकारी गराईएको हो ।

उक्त फुटवल प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश सिलवालले गर्ने आयोजकले जनाएको छ । सिमरा रंगशालामा बैशाख ११ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरी १२ टिमको सहभागिता रहने आयोजक युवा क्लवका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिएका छन ।

पहिलो पटक डे नाईट खेल हुन गइरहेको सिमरा गोल्डकपका लागि मैदानको स्तरोन्नती, फ्रड लाईट जडान तथा अन्य व्यवस्थापकिय सवै तयारी सकिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

प्रतियोगितामा नेपालका विभागिय टोली त्रिभुवन आर्मी फुटवल क्लव, सशस्त्र प्रहरी वल (एपिएफ), हिमालयन शेर्पा, संकटा क्लव लगायतका राष्ट्रिय एवं अफ्रिकन रुटस एसोसेशन क्यामरुन लगायतका टीमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगर रहेको प्रतियोगिताको प्रायोजक विश्वकर्मा सिमेन्ट रहने छ । यसबर्षको प्रतियोगितमा बिजेता टीमले नगद ७ लाख पाउने छ भने उपविजेता टिमले ३ लाख ५० हजार पुरस्कार पाउने छन् । यसअघिको उक्त संस्करणमा विजेताले ६ लाख र उपविजेताले ३ लाख प्राप्त गरेका थिए ।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review