Sajhedari Daily
Latest News from Nepal

महागढीमाई नगरपालिकाले २० बेडको आईसोलेसन सेन्टर सञ्चालनमा

बाराको महागढीमाई नगरपालिका बरियारपुरले अस्थायी कोभिड अस्पताल आईसोलेसन सेन्टर शनिबारदेखि सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले २० बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन । उपमहानरपालिका ववडा नम्बर ६ स्थित नेरामावि बबुआईनमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।

आइसोलेसन सेन्टरमा अक्सिजन, स्वास्थ्यकर्मी सहितको टोली राखेर सञ्चालनमा ल्याईएको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिएको छन ।

आइसोलेसन सेन्टरमा संक्रमितहरूको लागि खाजा, खाना, औषधि निःशुल्क नगरपालिकाको तर्फबाट व्यवस्था मिलाईएको जानकारी दिएका छन ।

भाईरल ज्वरोलाई ख्याल गर्दै नगरका समुदायका लागि बरियारपुर र गञ्जभवानीपुरमा ल्याब सञ्चालनमा ल्याई रगत परिक्षण गरि टाईफाइडका लक्षण देखिएकाहरूलाई निशुल्क औषधि र सुईको व्यवस्था मिलाईएको नगरयादवले भन्नुभयो नगरका १३ वटै स्वास्थ्य चौकीमा सेवा प्रदान गरिराखेका छौ, निशुल्क एम्बुलेन्स सेवा पनि दिईराखेका छौ ।

आइसोलेसनमा अक्सिजनमा रहेका विरामी पनि अस्थायी कोभिड अस्पतालमा भर्ना हुन सक्ने स्वास्थ्य शाखा प्रमुख विजय कुशवाहाले जनाएका छन । आइसोलेसन सेन्टरमा ८ जना स्वास्थ्यकर्मी, २ जना स्विपर, २ जना कार्यालय सहयोगी, २ जना नगर प्रहरी र २ जना सहयोगी कर्मचारीहरू रहेको शाखा प्रमुख कुशवाहाले बताए ।

Comments are closed.

error: Content is protected !!