Sajhedari Daily
Latest News from Nepal

कर्मचारी स्वर्गीय चौधरीको श्रद्धाञ्जली सभा

कोल्हवी ३० असोज
बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयाँवस्तीमा दुग्ध सहकारी संस्थाका कर्मचारी स्वर्गीय शिवशंकर प्रसाद चौधरीको श्रद्धाञ्जली सभाको आयोजना गरीएको छ ।
कोल्हवी नगरपालिका वडा नम्बर ८ स्थित सूर्यज्योती दुग्ध उत्पादक सहकारीले आफ्नो संस्थामा कार्यरत कर्मचारी स्वर्गीय चौधरी ज्यूको १३ औ दिनको पुन्य तिथिमा शनिवार श्रद्धाञ्जली सभाको अयोजना गरेको हो ।
संस्थाका उपाध्यक्ष गङगाप्रसाद कोइरालाको अध्यक्षतामा करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीको प्रमुख आतिथ्यतामा उक्त श्रद्धाञ्जली सभा गरिएको छ । संस्थाको संकलन केन्द्र नयाँवस्तीमा आयोजना गरिएको उक्त श्रद्धाञ्जली सभामा सस्थाका संचालक समितिका सदस्यहरु,स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।
उक्त अवसरमा संस्थाले कर्मचारी स्वर्गीय चौधरीको परिवारलाई फोटो कदर पत्र, दशै बोनस र सहयोग रकम रु पाँच जाहर पाँच रुपैया हस्तान्तरण गर्दै समवेदना प्रकट गरिएको संस्थाका अर्जुन पराजुलीले जानकारी दिएका छन ।

Comments are closed.

error: Content is protected !!