Sajhedari Daily
Latest News from Nepal

नेपाली काँग्रेसको बारामा वडा अधिवेशन सोमवारबाट शुरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनलाई मध्यनजर बारामा वडा अधिवेश शुरु भएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराले गरेको निणर्य अनुसार सोमवार जिल्लाका सवैपालिकामा रहेका सवै वडाहरुमा वडा अधिवेशन शुरु भएको छ ।

जिल्लाको कलैया उपमहानगरपालिका, जीतपुरसिमरा, कोल्हवी, निजगढ, महागढीमाई, सिम्रौनगढ पचरौता, प्रसौनी, बारागढी, सुवर्ण, फेटा, परवानीपुर, देवताल, करैयामाई, विश्रामपुर सहित १६ वटै पालिकाहरुमा वडा अधिवेशन शुरु भएको हो ।

कलैयामा वडा अधिवेशनको चहलपहल पनि बढेको छ। कलैया उपमहानगरपालिमा रहेको २७ वटा वडाहरू मध्ये धेरै जसो वडाको अधिवेशनबाट सर्वसहमत वडा सभापतिको चयन गरिएको छ। भने केहि वडाहरुमा चुनावी प्रक्रियामा तथा आपसी समझदारीमा जाने पनि देखिएको छ।

Comments are closed.

error: Content is protected !!