वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

बाराबाट एमालेमा ६ जना केन्द्रीय कमिटीमा निर्वाचित

नेकपा एमालेको चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट बाराका ६ जना केन्द्रीय कमिटीमा निर्वाचित भएका छन ।
दशौ महाधिवेशनबाट दुई पूर्वमन्त्रीसहित ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचित हुनेमा पुर्वमन्त्री पुरुषोत्तम पौडेल र ज्वालाकुमारी साह छन । यसैगरी अच्युत प्रसाद मैनाली, बलवीर प्रसाद चौधरी, महम्मद समीर र मन्जुकुमारी थापा मगर केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन ।

केन्द्रिय सदस्यमा निर्वाचित पौडेल पूर्व युवा तथा खेलकुद मन्त्री, साह पूर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री एवम् एमाले प्रदेश २ कि अध्यक्ष हुन । यस्तै मैनाली पूर्वप्रधानमन्त्री केपि शर्मा ओलिका जनसम्पर्क सल्लाहकार सदस्य, चौधरी पूर्वसभासद, समीर निवर्तमान प्रदेश सांसद र थापामगर जिफन्टकी उपाध्यक्ष हुन् ।

पौडेल, मैनाली र चौधरी खुल्ला तथा चौधरी थारु क्लस्टरबाट निर्वाचित भएका हुन । भने पूर्वमन्त्री साह मधेसी महिला, समीर मुस्लिम र थापामगर श्रमिक महिला क्लस्टरबाट निर्विरोध निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!