राजनैतिकमा महिलाको ३३ प्रतिशत सहभागिताको लागि ज्ञापनपत्र

साझेदारी दैनिक
1.2k पाठक संख्या

राजनैतिकमा महिलाको ३३ प्रतिशत सहभागिताको लागि ज्ञापन पत्र बुझाएको छ । बारा जिल्लामा रहेको राजनैतिक दलका पार्टी प्रतिनिधीहरुलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाली काग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द, लोसपा, र जसपा पार्टीका जिल्ला अध्यक्ष तथा सम्बन्धित पार्टीका प्रतिनिधीहरुलाई माण्डबी टिम बाराले राजनैतिकमा महिलाको ३३ प्रतिशत सहभागिताको लागि ज्ञापन पत्र बुझाएको हो ।

आइ इ एफ एस नेपालको प्राविधिक सहयोग तथा माण्डबीको सहजीकारणमा शी लिडस नेपाल महिला नेतृत्व कार्यक्रम अन्तर्गत राजनैतिक दलहरुले आफ्नो दलिय संरचनामा संविधान र कानूनले व्यवस्था गरे बमोजिम महिलाको ३३ प्रतिशत प्रतिनिधित्वको प्रावधान कार्यान्वयन नगर्दा अहिलेपनि महिलाहरुको अर्थपुणर् सहभागिता तथा निणर्य प्रकृयामा पहूँच सुनिश्चित नहुन दवाबको लागि ज्ञापन पत्र बुझाएको हो ।


निर्वाचन मार्फत देश र जनताको नेतृत्व गर्ने राजनैतिक दलहरुले नै यो व्यवस्था कार्यान्वयन नगर्ने र दलिय संरचनामा महिलाको सहभागिता अभिवृद्धि नगर्ने हो भने राजनैतिमा महिलाहरु पछाडी त पर्ने नै छन, निर्वाचित महिलाहरुको राजनीतिक भविश्य पनि सुनिश्चित नहुने आयोजक सस्थाले बताएका छन्।


आगामी दिनमा नेपालको राजनैतिक दल सम्बन्धी कानूनमा व्यवस्था भए बमोजिम आफ्नो पार्टीको सबै तहका समितिहरुमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धी ज्ञापन पत्र मार्फत माँग गरिएको थियो ।

ज्ञापन पत्र बुझाईएको अनुसार प्रत्येक राजनैतिक दलका अगुवाहरुबाट महाँधिवेशनको मार्फत आउने दिनको राजनैतिक प्रकियामा महिलाहरुलाई बिशेष रुपमा प्राथमिकता दिने बारे प्रतिबद्धता गरेका थिए भन्ने कुराको जानकारी माण्डबी बाराका कार्यक्रम अधिकृत राजु कुमार साहले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds