कोल्हबी :बिनिता चौधरी/ आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार शम्भूबहादुर बुढाथोकीलाई भारी मतले विजयी गराउने उद्देश्यले कोल्हबी नगरपालिका वडा नं. ५ बलुवा टोलमा २१ सदस्यीय चुनाव प्रचार–प्रसार समिति गठन गरिएको छ।
मंगलबार सम्पन्न वडा भेलाले रामहरी आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। समितिका सदस्यहरूमा रामबीर चौधरी, दीपेन्द्र चौधरी, उर्मिला चौधरी, गोविन्दर चौधरी, जगतनारायण चौधरी, बैजनाथ चौधरी, हरिन्द्र चौधरी, उमाकान्त चौधरी, राजेश्वर थापा, सामसाद मिया मंसुरी, ब्रह्मनारायण चौधरी, जयनारायण सिंह, कृष्णबहादुर मल्ल, अम्बिका कार्की, उमा पाठक, शिवप्रसाद खतिवडा, रामप्रवेश मुखिया, रामअयोध्या चौधरी, रामजीवन चौधरीलगायत रहेका छन्।
वडा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस बारा जिल्ला कोषाध्यक्ष बासु प्रसाद चौधरीले नेपाली कांग्रेसका उम्मेदवार शम्भूबहादुर बुढाथोकीलाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक तथा कांग्रेसप्रति आस्थावान न्यायप्रेमी जनतालाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।
त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधि सार्थक पौडेलले देशलाई स्थिरता दिन नेपाली कांग्रेस बाहेक अन्य विकल्प नरहेको उल्लेख गर्दै तन, मन र धनले सहयोग गरी रुख चिन्हका उम्मेदवारलाई विजयी गराउन सबैसँग अनुरोध गर्नुभयो।
वडा भेलामा प्रदेश अधिवेशन प्रतिनिधि संजय कुमार चौधरी, नेपाली कांग्रेस कोल्हबी नगर कमिटीका सभापति बिरेन्द्र प्रसाद चौधरी, उपसभापति बसन्त चौधरी, सचिव रविन्द्र चौधरी, सह–सचिव महेश साह, किसुनदेव चौधरीलगायतको उपस्थिति रहेको थियो।

