तामागढी साकोसद्धारा रक्तदान कार्यक्रमको आयोजना

साझेदारी दैनिक
879 पाठक संख्या

कोल्हवी,११ फागुन
बाराको कोल्हवी नगरपालिकामा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा बुधवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
सहकारी संस्थाका अध्यक्ष राजहरण चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ५ जना महिला र ४५ पुरुष गरि ५० जनाले रक्तदान गरेका छन । हरेक बर्ष सहकारी आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गरेका थिए । कार्यक्रममा सहकारी संस्थाकाखोपवा सेवाकेन्द्र प्रमुख उमेश सापकोटाले पहिलो रक्तदान गरेका थिए ।
कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी, शेयर सदस्य लगाएत विभिन्न संघ संस्था, बैक, यूवा अभियन्ताहरुले रक्तदान गरेको मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds