सिकेन्द्र पासवान/
महागढीमाई नगरपालिकाले छौठौ नगरसभा मार्फत आर्थिक बर्ष २०७९/८० का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका छन । नगर प्रमुख उपेन्द्र यादवले किसानहरुका लागि निशुल्क कृषि मिटर प्रदान, एक घर एक रोजगार, निशुल्क ल्याव संचालन, शिक्षा, स्वास्थ्य, कृषि, सुलभ खानेपानी, बिजुलीबती जडान, सिचाई,धार्मिक एवम ऐतिहासिक, पुरातात्वीक महत्वबोकेको मठ मन्दिरहरुको संरक्षण, सम्वद्र्धन गर्ने जस्ता महत्वपुर्ण १ सय २८ बुन्दे योजनाहरु ीनति तथा कार्यक्रममा समेटिएका हो ।
नगरपालिकालाई भष्टाचार मुतm नगरपालिकाको रुपमा बिकास गर्दै नगरलाई हराभरा समेत बनाउने दिशामा नगरपालिका अगाडी बढीरहेको हुदा त्यसका लागि पनि बजेटको आवश्यकता निति तथा कार्यक्रममा समावेश गरिएको छ ।
आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले बिकासका काममा एक जुट भएर अगाडी बढन सबैलाई आग्रह गरे । निति तथा कार्यक्रमका लागि निर्वाचित प्रतिनिधीहरुले खुल्लामा राखिएको माईनटमा आफनो राजीखुसी हस्ताक्षर गरिरहेको अवस्थामा करिब ३७ जनाले हस्ताक्षर गरेको सरकारी माईनट सुरक्षा निकायको रोहबर च्यातेका वडा नम्बर ७ का वडाअध्यक्ष शिवेन्द्र प्रताव सिह, र वडा नम्बर १० का वडा अध्यक्ष चन्दन कुमार साहलाई कानुनी कार्यवाही गर्न माँग मेयर यादवले गरेका थिए ।
आउने दिनमा पालिकाका कर्मचारी वा निर्वाचित पदाअधिकारीहरुलाई कुनै पनि बेला बिपक्षीहरुले हमला गर्ने सक्ने भएको हुदा त्यसको दोषको सम्पुर्ण जिम्मेवारी तीबिपक्षीहरु नै हुने मेयर यादवले बताए । सो अवश्रमा उपप्रमुख तारादेवी कानु, प्रमुख प्रशासकिय अधिकृत शेरे मुस्तुफा लगायत वडा अध्यक्षहरुले आफनो बिचार, सुझाव ब्यतm गरेका थिए ।यता कार्यपालिका, बिषयगत समितिको बैठक नै बसी निति तथा कार्यक्रम गरेको भन्दै नेकपा एमाले र जनता समाजवादी पार्टीका नगरसभा सदस्यहरुले बिरोध गरेका थिए ।

