तामागढीको बार्षिक व्यवसायिक योजना तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न

साझेदारी दैनिक
862 पाठक संख्या

कोल्हवी, १५ साउन
बाराको कोल्हवीमा अवस्थित तामागढी बचत तथा ऋण सहकारी संस्थाको बार्षिक व्यवसायिक योजना तथा बजेट तर्जुमा गोष्ठी आज आईतवार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष राजहरण चौधरीको अध्यक्षतामा कोल्हवी स्थित तामागढी पार्टी प्यालेसमा उक्त गोष्ठीको आयोजना गरिएको थियो ।
गोष्ठीमा सहकारी संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले गत आर्थिक बर्ष २०७८÷०७९मा सहकारीले गरेको कार्यक्रम, खर्च आम्दानीको यर्थाथ विवरणको समिक्षा गराउनुको साथै चालु आर्थिक बर्ष २०७९÷०८० को लागि बार्षिक व्यवसायिक योजना तथा बजेट तर्जुमा वारे प्रस्तुतिकरण गरेका थिए ।
गोष्ठीमा सहकारीका संस्थापक संरक्षक यूवराज क्षेत्रीले सहकारी विभागद्धारा जारी एकीकृत निर्देशिका २०७९ वारे विस्तृत जानकारी गराउनुभएको थियो । गोष्ठीमा सहकारी संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवा केन्द्र उपसमितिहरु, अन्य उपसमितिहरुका पदाधिकाकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको सहकारीका खोपवा सेवा केन्द्रका केन्द्र प्रमुख उमेश सापकोटाले जानकारी दिएका छन ।
तामागढी वचत तथा ऋण सहकारी संस्था कोल्हवीमा मुख्य कार्यालय सहित नयावस्ती, खोपवा र सिमरा सेवा केन्द्र स्थापना गरी कारोवार गर्दै आईरहेको छ ।

Leave a review