रहने नेपाल शिक्षक संघ बाराका सदस्य मदन यादव

साझेदारी दैनिक
588 पाठक संख्या

नेपाल शिक्षक संघ बाराका सदस्य कलैया उपमहानगरपालिका १२ सितलपुर निवासी ४८ वर्षिय मदन यादवको बुधवार विहान निधन भएको छ ।

यादव लामो समयदेखि मेन्जाईटीस रोगबाट ग्रसित रहेका यादव उपचारको क्रममा नेशनल मेडिकल क्लेज वीरगन्जमा निधन भएको हो ।

नेपाल राष्ट्रिय आधारभुत विधालय सितलपुरमा कार्यरत शिक्षक शिक्षक यादवको पार्थिव शरिरमा नेपाल शिक्षक संघ बाराका सचिव राजकिशोर सहनीले संघको झण्डा ओढाई अन्तिम श्राञ्जली अर्पण गरेका थिए ।

यादवको स्थानीय खोलामा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको थियो । दाहसंस्कारमा नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादव, कलैया उपमहानगरपालिकाका नगर सचिव मुकेश यादव, विधालयका शिक्षक, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

Leave a review

This will close in 0 seconds