बारा ३ का प्रतिनिधिसभा उम्मेदवार चौलागाईको चुनावी गतिबिधी तिब्र

साझेदारी दैनिक
744 पाठक संख्या

क्लैया, १५ कातिक
बारा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नरेश चौलागाईले चुनावी गतिबिधीलाई तिब्रता दिदै आएका छन ।
एकिकृत शक्ति नेपाल नामक दलबाट प्रतिनिधिसभाको सांसद पदका लागि उम्मेदवारी दिएका चौलागाईको दिनचर्या बारा क्षेत्र नम्बर ३ अन्तगरका गाउटोलका चौक चौराहमा वित्ने गरेको छ । उनी विहानैदेखी साँझसम्म नै विभिन्न गाँउटोल र वस्तीमा गई भेला, छलफल, भेटघाट गर्नमा नै वेस्त छन । स्थानीय मतदाताको समस्या सुन्ने र आफ्नो प्रतिबद्धता जाहेर गर्ने चौलागाईको दैनिकी नै बनेको छ ।
उम्मेदवार चौलागाईले मंगलवार जीतपुरसिमरा १७ रामनगरको स्कुलचौकमा मतादाता भेटघाट तथा चुनावी सभा गरेका छन । सो सभालाई सम्बोधन गर्दै उम्मेदवार चौलागाईले यस क्षेत्रको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताएका छन । यसअघि कहिल्यै पनि आफुले चुनाव नलडेको उनले सुनाए । यसअघि ब्यवसायीक रुपमा काम गरेकोमा आफु सफल भएको र अब राजनीतिकमा पनि सफल हुने विस्वास चौलागाईले व्यक्त गरेका छन।
उनले कुरा भन्दा पनि आफु काम गरेर देखाउने भएकाले आफूलाई जिताउन चुनाव चिन्ह त्रिशुल छापमा मतदान गर्न आम मतदातालाई अपिल समेत गरेका छन ।

Leave a review