रबिन्द्र प्रसाद साह /
बारामा एक घर धनीले आफ्नो घरमा रहेको वित्तिय संस्थाको एक महिना घरभाडा नलिने घोषणा घरेका छन ।
जिल्लाको आदर्श कोतवाल गाँउपालिका वडा नं. १ मा रहेको जियालाल राउत अहिरको घरमा संचालित वित्तिय संस्थाको एक महिनाको भाडा छुट गरेका छन ।
अहिरको घरमा संचालनमा रहेको आशा लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालयको असार महिना बापतको घरभाडा घरधनीले छुट गर्ने घोषणा गरेको वित्तिय संस्थाका शाखा प्रबन्धक प्रभु कुमार यादवले जानकारी गराएको छ ।
घरधनीले एक महिनाको घरभाडा छुट गरेकाले संस्थालाई केहि राहत महसुस भएको वित्तिय संस्थाका शाखा प्रबन्धक यादवले साझेदारीलाई बताएका छन ।


