एमाले परित्याग गरी यादब जसपा प्रबेश

साझेदारी दैनिक
433 पाठक संख्या

लामो समय नेकपा एमाले पार्टीमा बिताएका मधेस प्रदेश कमिटी सदस्य राजदेव प्रसाद यादब जनता समाजवादी पाटी(जसपा) मा प्रबेश गर्नुभएको छ ।

जसपाको केन्द्रीय कार्यालय बालकुमारी काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रमकाबीच जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादबले राजदेव यादवलाई जसपामा प्रबेश गराउँनुभएको हो ।

निजामती सेवामा रहदा एमाले निकट कर्मचारी सङ्गठनमा रहेका यादब बन तथा बाताबरण बिभागका केन्द्रीय सदस्य थिए । बि.स.२०३५ सालदेखि माले हुदै एमालेको बिभिन्न संघसङ्गठनमा सक्रिय यादब बाराको सुवर्ण गाउँपालिका वडा नं.२ कबही गोठ निवासी हुनुहुन्छ ।

नेकपा एमाले निती र बिद्यान अनुरुप चल्न नसकेका कारण आफनो सही मुल्याङ्कन हुन नसक्दा पार्टी परित्याग गरेको यादबले बताए । जसपा अध्यक्ष उपेन्द्र यादब बारा क्षेत्र नम्बर २ मा हुने उप निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । राजदेव प्रसाद यादबले बारा क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष यादब लड्ने तयारीमा हुनुहुन्छ ।उहाँलाई नै आफुले निर्वाचनमा सहयोग गर्ने बताउँनुभयो ।

उपेन्द्र यादव न लड्नु भएको खण्डमा ,पार्टीले मलाई बिश्वास गरेर टिकट दिएमा आफ निर्वाचन लड्न तयार रहेको जसपा प्रबेश गरेका राजदेव प्रसाद यादबले जानकारी दिनुभयो । बन बिभाग अन्तर्गतका बिभिन्न निकायमा कार्य गरेका यादब निजामती सेवामा रहँदा सह सचिव सम्म पुगेका थिए ।

यादबले डिभिजन बन अधिकृतको रुपमा ताप्लेजुङ्ग ,झापा ,दाङ्ग ,प्युठान ,नवलपरासी ,सिन्धुली ,सिरहा र पर्सामा कार्य गर्नुभएको छ । त्यस्तै क्षेत्रिय बन निर्देशनालयको निर्देशकको रुपमा हेटौडा ,सुर्खेत र धनगरीमा काम गर्नुभएको छ ।उहाँले बनस्पती बिभाग ,काठमाडौँको महानिर्देशकको रुपमा काठमाडौँमा सेवा प्रदान गर्नुभएको छ ।

Leave a review