न्यायका लागि भौतारिदै जनबिद्रोहमा माओवादीद्धारा मारिएका लक्षुमनका छोराहरु

साझेदारी दैनिक
704 पाठक संख्या

सिकेन्द्र पासवान/
तत्कालिन माओवादी बिद्रोहीबाट बुबाको हत्या भएको १८ बर्ष बिति सक्दा पनि राज्यबाट परिवारले अहिले सम्म न्याय नपाएको गुनासो बिरेन्द्र प्रसाद यादवले गरेका छन ।

बिना कारण खेती किसानी गरेर बाल बाच्चाहरुको लालनपालन गर्ने बुबा लक्षुमन राउत अहिरलाई २०६१ साल श्रावन ४ गते भोडहा गाँबिस वडा नम्बर ३ हाल कलैया उपमहानगरपालिका वडा नम्बर २१ घरबाट अपहरण गरि माओवादीहरुले गाँउ नजिकै निष्सर्त अवस्थामा बुबालाई निर्मम तरिकाले हसियाले घाटी रेटी हत्या गरेको थियो ।

बुबाको हत्यरालाई कार्यवाही गर्न र परिवारजनलाई क्षतिपुर्तीका लागि जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय, सत्य निरुपन तथा मेलमिलाप आयोग काठमाडौमा निवेदन दिए पनि अहिले सम्म कार्यवाही नहुदा अझै हामीहरुलाई पिडा थपेको छ बिरेन्द्रले भने ।

माओवादीको सशस्त्र द्धन्द्धमा मारिएका ब्यतिmहरुलाई शहिद घोषना गर्न संघिय सरकारले २०७९ फाल्गुन २९ गते राजपत्रमा सुचना प्रकासित गरि जिल्ला जिल्लाबाट डाटा माँग गरेको भएपनि जिल्ला प्रशासन कार्यालयले मेरो बुबाको नाम सरकारलाई सिफारिस नगरी हामीमाथि अझै पिडा थपेको छ बिरेन्द्रका भाई नागेन्द्रले दुखेसो गरे ।

त्यति मात्र नभई मधेसी शहिद प्रतिष्ठान धनुषाधामले पनि जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा मारिएका ब्यतिmहरुको डाटा जिल्लासंग माँग गर्दा समेत जिल्ला प्रशासन कार्यालयले त्यहाँपनि मेरो बुबाको नाम पठाएको छैन बिरेन्द्रले बताए ।

जब कि २०७४ साल असार १९ गते जिल्ला प्रशासन कार्यालयबाट बुबा लक्षुमन राउत अहिर माओवादीबाट मारिएको प्रमाण दिएको छ उनले भने । जिल्ला प्रशासन कार्यालयको लापरवाहीका कारण हामी मर्का परेको छ बिरेन्द्रले भने । प्रधानमन्त्री पुप्पकमल दहाल ( प्रचण्ड) ले केही दिन अगाडी काठमाडौमा ५ हजार मान्छे मारेको जिम्मा लिन्छु भनेको थियो ।

जसका कारण मारिएका परिवारले दहाल माथि सर्वोच्चमा मुद्धा दायर गरेको थियो भन्दै बिरेन्द्रले मेरो बुबाको हत्यरा पनि प्रचण्ड नै हो भने आरोप सहित चाडै सर्वोच्चमा मुद्धा लिएर जाने बताए । बुबालाई न्याय नपाए सम्म आफु जस्तो सुकै सर्घष गर्न पछि नहटने उनको भनाई रहेको छ ।

नेपाल मात्र होईन न्यायका लागि अन्तराष्ट्रिय अदालत सम्म जानेछु बिरेन्द्रको कथन रहेको थियो । यस बिषयमा निमित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अचार्यसंग बुझदा छुटेकाहरुलाई पनि नाम पठाउने गरि जिल्ला प्रशासन कार्यालयले यस बिषयमा पहल गर्ने बताए ।

Leave a review

This will close in 0 seconds