६ सय पिस लागु औषध नाईट्रोभेटसहित एक जना पक्राउ

राम मण्डल
350 पाठक संख्या

प्रहरीले लागु औषध सहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित चितवनको खैरनी नगरपालिका–२ पर्सा टोल बस्ने २० बर्षिय सुनिल बिकलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगञ्ज हेटौडातर्फ जाँदै बसबाट बिकलाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट लागुऔषध नाइट्राभेट ट्याब्लेट ६ सय पिस बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

पक्राउ परेका बिकलाई लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a review