कोशी प्रदेशमा केन्द्रीय समिकरणको विपरित रुपमा सत्ता समिकरण बनेपछि फेरी गठबन्धन फेरीने संभावना बढेको छ । कोशी प्रदेशबाट भएको नयाँ समिकरणले सवैभन्दा बढि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रसिएका छन । गत पुस १० गते नेकपा एमालेको सर्मथनमा प्रधानमन्त्री बेका प्रचण्डले फेरी नेपाली काँग्रेससंग सहकार्य गर्दै नयाँ गबन्धन बनाएर सत्ता समिकरण बनाएका थिए । कोशी प्रदेशमा नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोईरालाको पहलमा विद्रोह गरेर नेकपा एमालेको सर्मथनमा मुख्य मन्त्री सहित प्रदेश सरकार गठन भईसकेको छ ।
कोशीमा एमालेसंग सहकार्य गर्दै सरकार बनाएपछि काँग्रेस नेता डा. शेखर कोईरालाले नेकपा एमालेसंग नजिक भए देखी नेपकामा ओवादीका अध्यक्ष एव्म प्रधानमन्त्री प्रचण्ड यतिखेर सवैभन्दा बढि झस्किएको भान भएको छ । प्रधानमन्त्री प्रचण्डलाई अब गठबन्धन जोगाउन र सत्ता समिकरण बचाई राख्न नसकिन भन्ने डरलले सत्ताएको छ । अघिल्लो सत्ता समिकरणको फेरबदल सुदुरपश्चिमबाट भएको थियो भने अहिले कोशी प्रदेशबाट फेरी नयाँ अभ्यास भएपछि गठबन्धन दलका नेताहरु झस्किएका हुन ।
गठबन्धन दलहरुवीच मत भेद गरी गठबन्धनलाई भताभुँग्ग बनाउने दाउमा लागेको नेकपा एमाले भने अब कोशी पछि अन्य प्रदेशहरुमा पनि नयाँ सत्ता समिकरण बन्ने दाबी गर्दै हिड्न थालेको छ । नेपाली काँग्रेसका नेता शेखर कोईराला र नेकपा एमालेको सहकार्यले अहिले सवैभन्दा छटपटी प्रधानमन्त्री प्रचण्डलाई नै भएको छ । प्रचण्ड यतिखेर सत्ता साझेदार गर्दै रहेको नेपाली काँग्रेसले पनि धोका दिन सक्ने संकेतलाई अहिले भाषण नै बकबकाउन थालेका छन । उनले नेपाली काँग्रेस र नेकपा एमालेलाई कटाक्ष गर्दै भाषण गर्न समेत भ्याई सकेका छन । कोशीको बाछिटाले अन्य प्रदेश सहित केन्द्र सम्म आईपुग्ने डरले सत्ता गठबन्धनका प्रमुख नेताहरुलाई लाई पनि तनाब बढेको छ ।


