ग्राहकलाई ठग्ने कार्य बन्द गर

साझेदारी दैनिक
साझेदारी दैनिक 385 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गते देखि साउन ७ गते संम्म देशैभरी लकडाउन गर्यो । त्यस लगत्तै जारी गरिएको निषेधाज्ञा हाल केही खुकुलो भए पनि पुर्णरुपमा अन्त्य भने गरिएको छैन । लकडाउन अवधी भरमा घरायसी प्रयोजनको लागि प्रयोग भएको विद्युत मिटरको महशुलमा २५ प्रतिशत छुट दिने भनी सरकारले बैशाखको पहिलो साता घोषणा समेत गरि विद्युत प्राधिकरण केन्द्रिय कार्यालय र उर्जा मन्त्रालयले सबै प्राधिकरणका शाखाहरुलाई पत्रचार गरे पनि बाराको सिमरा शाखाले भने छुट दिने त के लकडाउन अवधी भरको विद्युत महशुलमा उल्टै हर्जना काटेर बिलिङ गर्ने गरेको ग्राहकहरुको गुनासो रहेको देखिएको छ ।

प्राधिकरण सिमरा वितरण शाखा अन्तर्गत महशुल काउन्टरले त्यस शाखा अन्तर्गतका सम्पुर्ण ग्राहकको विद्युत महशुलमा ५ प्रतिशत देखि २५ प्रतिशत सम्म हर्जाना काट्ने गरेको पाइएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं १५ का ग्राहकहरुले स–प्रमाण आपुले हर्जना तिरेको रसिदमा समेत देखिन्छन ।

लकडाउन र निषेधाज्ञा भएयता प्राधिकरण सिमरा शाखाका कुनै पनि कर्मचारी हाल संम्म त्यस क्षेत्रमा मिटर रिडिङ गर्न गएका छैनन । ग्राहकहरुका अनुसार आफ्नो मिटरमा भएको अंकको नम्बर सहित सिमरा शाखामा भद्रौ २५ गते महसुल बुझाउन जदा छुट दिने त के उल्टो जरिवानामा परेको एक ग्राहकले बताएका छन् । संघिय,प्रदेश र स्थानीय सरकारहरुले कोरोना महामारीमा नागरिकलाई घरभित्रै बस्न भनी चार चार महिना लकडाउन ग¥यो त्यस लगत्तै निषेधाज्ञा जारी छ यस्तो अवस्थामा नागरिकले रोजगारी समेत गुमाएकाछन अनि कसरी महसुल सहजै तिर्न सक्छ्न ? सरकार आफै सस्तो लोकप्रियता कमाउन महसुलमा छुट दिने भन्दै प्रचार बादी गरिरहदा नगरिक ढुक्क थियो तर आज महसुलमा छुट त के उल्टै जरिवाना तिर्नु पर्दा छुटको प्रचार गर्ने मन्त्रालय र प्राधिकरणका प्रमुखहरु प्रती उनिहरुको धारणा के होला ? तपाईं हामी पनि बिद्युत प्राधिकरणको ग्राहक हुन सक्छौ एक पटक घोत्लियर सोच्ने की ?

समाचार शेयर गर्नुहोस
Leave a review