जितिया बहुउद्देश्यीय सहकारी सस्था कोल्हवीकोे ५ औ बार्षिक साधारणसभा सम्पन्न

साझेदारी दैनिक
444 पाठक संख्या

धिरेन्द्र पनुहर/

जितिया बहुउद्देश्यीय सहकारी सस्था कोल्हवीकोे ५ औ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

कोल्ही बजारमा रहेको थारु सेवा सदनको सभाहलमा भएको उक्त साधारणसभाको कोल्हवी नगरपालिकाकि उपमेयर लक्ष्मी कुमारी चौधरीले पानसमा बति बालेर उदघाटन गर्नु भएको हो ।

सो अवसरमा बोल्दै उपमेयर चौधरीले सस्थाको उतरोतर प्रगतिको कामना सहित सम्पुर्णि शेयर सदस्यहरुलाइ एकजुट भएर अगाडि बढन सल्लाह दिनुभयो ।

सहकारी संस्थाको संचालक समितिका अध्यक्ष भुवन चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा कोल्हवी नगरपालिका सहकारी शाखा प्रमुख लोकनाथ ओली,केवल प्रसाद चौधरी, तामागढी साझेदारी बनका अध्यक्ष रबिन्द्र पनुहर,कोल्हबी न पा १ वडा का अध्यक्ष अध्यक्ष राजहरन चौधरी,सस्थाका सस्थापक अध्यक्ष गणेश चौधरी लगाएतकोले शुभकामना मन्तव्य राख्नु भएको थियो।

सहकारीले आर्थिक बर्ष ७९÷८० मा एक करोड असी लाख ६१ हजार रुपैया बराबरको कारोबार भएको कार्यक्रम मार्फत जानकारी गराएको थियो। कार्यक्रममा सस्थाका अध्यक्ष भुवन चौधरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलय कोल्हवीका प्रमुख भोलामानसिंह अधिकारी,सशस्त्र प्रहरी कोल्हवीका प्रमुख उमेश पौडेल,थारु कल्याणकारणी सभा गाउ इकाई कमिटी कोल्हबिका सभापति रामबाबु चौधरी,जनशक्ति क्लब कोल्हबिका अध्यक्ष खुशि चौधरी,समाजसेवि जनार्दन चौधरी,कमेश्वर चौधरी लगाएत सस्थका शेयर सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य जय प्रकाश चौधरी र संचालन रामनाथ चौधरीको रहेको थियो। सो अवसरमा सहकारीले असल बचत कर्ता र असल ऋणिहरुलाइ सम्मान गरेको थियो।

Leave a review

This will close in 0 seconds