रेल्वेको जग्गामा बस्दै आएका दलित बस्तीमा डोजर चलेपछि दलितहरुको बिचल्लि

साझेदारी दैनिक
साझेदारी दैनिक 618 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

राम मण्डल /
पर्साको एक वीरगञ्जमा रहेको रेल्वेको जग्गामा बस्दै आएका बस्तीको घर डोजर चलाईएपछि दलित परिवारहरुको विचल्लि भएको छ ।

महानगरपालिका वडा नम्बर २१ परवानीपुर स्थित रहेको नेपाल रेल्वेको जग्गामा बसोबास गर्दै आएका दलित बस्तीमा डोजर चलेपछि त्यहाँ बस्दै आएका एक दर्जन स्थानीय बिचल्लिमा परेका छन । केही दिन अघि वडा नम्बर २१ का वडाध्यक्ष हबिब मियाँकै उपस्थितीमा रेल्वेको जग्गामा बर्षौदेखि घर बनाएर बस्दै आएका १२ जनाको घर माथि प्रशासनले डोजर चलाएको थियो ।

डोजर लगाएर त्यहाँ भएका एक दर्जन घरहरु भत्काएपछि त्यहाँ बस्दै आएका १२ जना घर परिवारहरु अहिले बिचल्लिमा परेका छन । पुस्तौ पुस्तादेखि सोही जग्गामा नै घर बनाएर बसोबास गर्दै आएको जग्गामा डोजर लगाएर आफुहरुको घर भत्काएपछि अहिले खाने बस्ने समेत चिन्ताले सताएको त्यहाँ बस्दै आएको पिडितले बताए । पिडीतहरुले आफुहरुलाई अन्यत्र बस्ने सुबिधा हुनुपर्ने माँग गर्दै बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन पनि गरेका छन ।

पत्रकार सम्मेलनमा उनीहरुले पुर्बाग्रही ढँगले वडाध्यक्षकै मिलेमतोमा केही घरहरुलाई मात्र भत्काएर आफुहरुलाई घर नघाटको बनाइएको गुनासो गरेका छन । घर भत्काईएपछि आफुहरु अहिले रोडमै त्रिपाल टाँगेर बस्नु पर्ने बाध्यता आएको अर्की पिडीत गिरिजा देबीले बताईन । उनले बर्षौदेखि रेल्वेको जग्गामा बसोबास गर्दै आएपनि अहिले अचानक घर भत्काई दिदा बाल बच्चा सहित चिसोको मौसममा घरबार विहीन बनेको दुखेसो गरिन ।

आफनो सासु ससुरा पनि पहिले देखि सोही रेल्वेकै जग्गामा बस्दै आएको र पछि आफुहरु पनि त्यही जग्गामा घर बनाएर बसेपनि अहिले आएर घर भत्काई दिनाले कता बस्न जाने भनेर चिन्ताले सताएको अर्की पिडित उर्मिला क्षेत्रीले बताईन । घर भत्काउने परेको खण्डमा पहिले सुचना दिनुपर्ने भएपनि त्यस्तो नगरि घर भत्काइएपछि घरको समस्याले खान लाउन समेत धौधौ परेको उनको पिडा छ ।

क्षेत्रीले आफुमात्रै सो ठाउँमा बसेको २५ बर्ष भन्दा बढी भईसकेको दाबी गरिन । यसरी दलितहरुको बस्तीमा वडाध्यक्षले नै डोजर चलाउन लगाएपछि आफुहरुको घर पनि डोजरले भत्काईने भन्ने चिन्ताले सताउन थालेको पत्रकार सम्मेलनमा सहभागी रेल्वैकै जग्गामा बसोबास गर्दै आएका रामदेव रामले बताए ।उनले आफुहरुको घरमा पनि डोजर लगाएर भत्काउने भनि जनप्रतिनिधीहरुबाटै धम्की आईरहेको जानकारी दिए ।

वडा नम्बर २१ परवानीपुर टोलमै मात्र रेल्वेको जग्गामा अन्य थुप्रै घरहरु भएकाले भत्काउनै परे ती सबै घरहरु भत्काउनु पर्ने पत्रकार सम्मेलनमा सहभभागी स्थानीय नेता राधाकृष्ण रौनियारको भनाई छ ।यता वडा नम्बर २१ का वडाध्यक्ष हबिब मियाँसित यसबारेमा प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा उनले फोन उठेन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review