पोखरिया नगरपालिकाले रोक्यो कर्मचारी भर्ना  

राम मण्डल
348 पाठक संख्या

पर्साको पोखरिया नगरपालिकाले कर्मचारी भर्ना रोकेको छ । उसले करार सेवामा कर्मचारी भर्ना प्रक्रिया रोकेको हो।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सोमबार एक सूचना जारी गरी करार कर्मचारी भर्ना प्रकिया रोकिएको जानकारी दिएका हुन् ।

नगरपालिकाले गत ७ र १० गते दुई वटा सूचना निकालेर करारमा ठुलो संख्यामा कर्मचारी भर्ना गर्न लागेको थियो । त्यस्को विरोध राजनीतिक दलहरुले गरेका थिए ।साथै नगरपालिकाको कर्मचारी भर्ना प्रक्रियाको बिरुद्धमा उच्च अदालत अस्थायी ईजलाश वीरगञ्जका रिट समेत दायर गरिएको थियो ।

रिटमाथि सुनुवाई गर्दै सोमबार अदालतमा नगरपाकिाले भर्ना प्रक्रिया रोकेको पत्र पठाएपछि अदालतले पनि अन्तरिम आदेश जारी गर्न नपरेको रिटको सुनवाई र आदेशमा जनाएको छ ।

नगरपालिकाले यही महिनाको ७ र १० गते सूचना प्रकाशन गरेर बिभिन्न पदहरुमा करारमा कर्मचारी भर्ना गर्न लागेको हो ।

नगरपालिकाले कम्प्युटर अपरेटर,सुपरभाईजर,अनमी,अहेब,हेल्थ असिसटेन्ट,कविराज,स्टाफ नर्स,स्वयम शिक्षक लगायतका पदहरुमा ४२ जना कर्मचारी भर्ना गर्ने प्रकृया शुरु गरेको थियो ।

नगरपालिकाले प्रकाशन गरेको सूचनामा परीक्षाको लागि मौखिक र अन्र्तबार्ता मात्रै दिनुपर्ने उल्लेख गरेको थियो ।

यसरी बिना मापदण्डको आधारमा नगरपालिकाले एक हप्ताको समय दिनु तथा भएका कर्मचारीहरुलाई तलब समेत खुवाउन नसक्ने अवस्था रहेको बेलामा आफनो आसेपासेलाई कर्मचारीको रुपमा भर्नाको लागि बिज्ञापन गरिएको भन्दै दलहरुको आरोप थियो ।

Leave a review

This will close in 0 seconds