मेहरसागर आश्रममा श्रीमत्तारतम सागर एवं श्रीमद्भागवत सप्ताह ज्ञानयज्ञ शुरु

सन्तोष पाण्डे
1.6k पाठक संख्या

बाराको जीतपुरसिमरा १५ सुक्लैया स्थित मेहरसागर आश्रममा श्रीमत्तारतम सागर एवं श्रीमद्भागवत सप्ताह ज्ञानयज्ञ “जागनी महोत्सव २०८०”आज बुधवारदेखी शुरु भएको छ ।

मंसिर २० गते देखि २६ सम्म एक साता संचालन हुने उक्त “जागनी महोत्सव २०८०” को मेहेरसागर आश्रम तथा कृपासिंधुगुरुकुलले आयोजना गरेका हो ।

सो अवसरमा साता व्यापी रुपमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानयज्ञ,श्रीमत्तारतम सागर ब्रह्मवाणीको पाठ पारायण तथा विभिन्न झाँकी एवम सांगीतमय भजनहरु प्रस्तुति गरिने कार्यक्रम छ ।

उक्त जागनी महोत्सवमको श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको केन्द्रीय धाम श्री नवतनधामका गादिपति श्री १०८ अमृतराज महाराजजीले समुदघाटन गर्नुभएको थियो ।

मेहेरसागर आश्रम तथा कृपासिंधुगुरुकुलका संचालक साहित्याचार्य जनार्दनजी महाराज जी को अध्यक्षतामा भएको औपचारीक उद्घाटन कार्यक्रम हेटौडा,नजरपुर,रौतहट, जिगढ,मधुवन,कलैया,वीरगंज लगायतका संत –महंत विद्वान–विदुषी जन चता धक्तजनको उपस्थिति रहेको थियो ।

श्रीमद्भागभागवत सप्ताह ज्ञानयज्ञको प्रथम दिन बुधवार विहान कलश शोभा यात्रा गरिएको थियो । मेहरसागर आश्रमबाट निकालिएको शोभायात्राले जीतपुरसिमराको वडा नम्बर १४ र वडा नम्बर १५ को विभिन्न वस्तीहरुको परिक्रमा सहित दुधौरा नदीबाट जल लिएर ज्ञानयज्ञ स्थलमा प्रवेश गरिएको मेहेरसागर आश्रम परिवारले जनाएको छ ।

एक साता सम्म संचालन हुने सो “जागनी महोत्सव २०८०” कार्यक्रममा हरेक दिन साहित्याचार्य जनार्दनजी महाराज तथा विदुषी माताजी उषा घिमिरेको मुखार्विंन्दुबाट नियमित संगीतमय श्रीमद्भागवत् कथा एवं वाणी चर्चा हुने जनाईएको छ ।

Leave a review