बैंक तथा वित्तीय क्षेत्र उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने माग सहित प्रधानमन्त्री,संघीय सरकारका अर्र्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाइएको छ ।
बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीका संघ संस्थाले सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।
उद्योग व्यवसायसँग सम्बद्ध चार दर्जन बढी क्रियाशील संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर उनीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।
प्रधानमन्त्री र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगञ्ज मार्फत अर्थमन्त्री र गर्भनरलाई १४ बुँदे ज्ञापन पत्र बुझाइएको हो ।
समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल मार्फत ज्ञापनपत्र बुझाइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्जका निमित्त निर्देशक रामकुमार कार्कीमार्फत गर्भनरलाई ज्ञापन पत्र बुझाइएको हो । गर्भनरलाई बुझाएको ज्ञापन पत्र अर्थमन्त्रीलाई बोधार्थ पठाइएको छ ।
ज्ञापन पत्रमा एक अंकको बैंक ब्याजदर कायम गर्नुपर्ने माग गरिएको छ । १५ महिने कोरोनाकालको बेला बैंकलाई तिरेर ब्याज फिर्ता गर्नुपर्ने माग गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले सुरुको सम्झौता अनुसारको ब्याजदर कायम गर्नुपर्ने, १० करोड रुपैयाँ भन्दा माथिको ऋण लगानी गर्दा सम्पत्ति शुद्धिकरणको कागजात अनिवार्य गर्नुपर्ने लगायतका रहेका छन् ।
समितिका संयोजक टंकबहादुर धामीले आफ्ना मागहरु सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले ज्ञापन पत्र बुझाउने क्रममा ज्ञापनपत्रमार्फत मागहरु प्रस्तुत गरेको उनले जनाए ।
माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्नेछौं उनले भनेका छन् । संघर्ष समितिले विरोधमा कालो पट्टि बाँध्ने,अनसन बस्ने र व्यवसायी सभा गर्ने तयारी गरिरहेको छ ।


