राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपा नेपालको निर्णय

साझेदारी दैनिक
364 पाठक संख्या

जनता समाजवादी पार्टी,नेपालले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनको लागि उसले दल दर्ता गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्षमा उपेन्द्र यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदबार चयन गरिने छ । यस्का लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुनः बैठक बस्ने निर्णय गरेको छ ।

कार्यकारिणी समितिले यही पुस २५, २६ र २७गते जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।

जसपा नेपालले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको समिक्षा गरिएको छ । बैठकमा उक्त अभियानलाई पुस मसान्त सम्म थप प्रभावकारी ढंगले निरन्तरता दिने निर्णय गरेको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसपा नेपालले यसबीच संचालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्ष समेत बैठकले निकालेको छ ।

Leave a review

This will close in 0 seconds