कमेडी च्याम्पियनको टप ९ मा पुगेका शुभम सिंहलाई फेटा गाउँपालिका अध्यक्ष अंसारीद्वारा सम्मान

साझेदारी डेलि
68 पाठक संख्या

बारा । प्राइम टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–४’ मा टप ९ सम्म पुग्न सफल भएका बाराको फेटा गाउँपालिका–७ निवासी शुभम सिंहलाई सम्मान गरिएको छ।

फेटा गाउँपालिका–७ निवासी राजेश कुमार सिंहका छोरा शुभमले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै बारा,फेटा तथा समग्र मधेश प्रदेशकै नाम उँचो बनाएको भन्दै गाउँपालिका अध्यक्ष रुस्तम अंसारी र उपाध्यक्ष निलम साहले शुभमलाई सम्मान तथा प्रोत्साहन गरेका हुन्।

उनीहरूले शुभमको प्रतिभा र सफलताको प्रशंसा गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन् ।

कमेडी च्याम्पियनमा शुभमले देखाएको प्रतिभाले स्थानीय स्तरमा समेत खुसी र उत्साह थपेको छ। प्रतियोगितामा टप ९ सम्मको यात्रा तय गरेका शुभमबाट आगामी दिनमा अझ राम्रो प्रदर्शन हुने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, शुभमका बुवा राजेश सिंहलगायत गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Leave a review