वीरगञ्ज महानगरका मेयर र उपमेयरका समर्थकबीच कार्यालयमै भयो झडप

साझेदारी दैनिक
361 पाठक संख्या

वीरगञ्ज महानगरपालिका परिसरमा मंगलबार झडप भएको छ ।

महानगरका मेयर उपमेयरका समर्थकबीच झडप भई कुटाकुट भएको छ ।

महानगरपालिकाको कार्यालय परिसरमै मेयर राजेशमान सिँह र उपमेयर ईम्तियाज आलमका समर्थकबीच कुटाकुट भएको हो ।

एउटै कोठामा पञ्जिकरण शाखा राख्ने कि उपमेयरको सचिवालयको लागि प्रयोग भन्ने बिषयमा विवाद भएको हो ।

यसपछि दुबै पक्षका समर्थकबीच बिबाद भएको थियो ।केही दिन अघि मात्रै मेयर बस्ने कोठा परिबर्तन भएर त्यहाँ प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा बनाइएको थियो ।

प्रमुख प्रशासकीय अधिकृतको कोठा खाली भएपछि त्यहाँ पञ्जिकरण शाखा राख्ने कि उपमेयरले सचिवालय राख्ने भन्ने बिषयमा विवाद भएको हो ।

सोही क्रममा मेयर र उपमेयरका समर्थकबीच घम्साघम्सी समेत भएको थियो ।बिबाद बढदै जादा पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।प्रहरी पुगेपछि अवस्था सामान्य भएको थियो ।

प्रहरीको लाठीचार्ज बाट उपमेयरका स्वकीय सचिव शेष कुमार हजार घाईते भएका छन ।उपमेयरका मानिसहरुले कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने गरेको भन्दै आन्दोलन समेत गर्ने कर्मचारीहरुले बताएका छन् । 

स्थानीय तह कर्मचारी संघ वीरगंज महानगर इकाई समितिले मंगलबार महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।

बुधबार देखि कालोपट्टी बाँधेर विरोधको कार्यक्रम सुरु गर्ने जानकारी कर्मचारीले दिएका छन् ।

महानगरमा विभिन्न महाशाखा शाखाहरुमध्ये स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखालाई व्यवस्थित गर्न लाग्दा प्रमुख प्रशासकीय अधिकृतमाथि नै अभद्र व्यवहार गरिएको आरोप समितिले लगाएको छ ।

कार्यपालिका सदस्य समेत रहेका कन्हैया ठाकुरले गालि गलौज गर्दै अभद्र व्यवहार गरेको प्रति खेद व्यक्त गर्दै आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।

Leave a review

This will close in 0 seconds