उधमी किसान र बेरोजगार युवाका लागि कृषि यान्त्रिकिकरण तालिम

रञ्जन यादव
411 पाठक संख्या

तराई क्षेत्रका युवा उधमी किसान र बेरोजगार युवाका लागि राष्ट्रिय स्तरको सात दिने तालिम दिइएको छ ।

आवासीय कृषि यान्त्रिकिकरण तालिमको परवानीपुरमा समापन भएको छ ।

कृषि अनुसन्धान निर्देशनालय,परवानिपुरको आयोजनामा निर्देशनालयको तालिम हलमा सो तालिम भएको हो ।

तालिममा कृषि यान्त्रीकरणको बिषयमा जानकारी गराईएको थियो ।नेपाल सरकारका पूर्व मन्त्री एवं बारा क्षेत्र न ४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान)को प्रमुख आतिथ्यता सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिनिधि सभा सदस्य श्रेष्ठ आफै उद्यमी एवं किसान भएकोले किसानको आम समस्याको स्थाई समाधानका लागि सरकार तथा सदनमा जोडदार आवाज उठाइ परिणाममुखी पहल गर्ने घोषणा गरे ।

प्रशिक्षित किसानहरुलाई प्रतिनिधि सभा सदस्य श्रेष्ठले प्रमाणपत्र बितरण गरेका थिए ।

Leave a review

This will close in 0 seconds