प्रकृतिको महत्वपूर्ण प्राणी बाघको संरक्षणमा जोड

साझेदारी दैनिक
285 पाठक संख्या

लोपोन्मुख तथा पर्यावरणको दृष्टिकोणले महत्वपूर्ण रहेको जनावर बाघलाई संरक्षण गर्न जो दिइएको छ । बाराको पथलैयामा समुदायलाई बाघको महत्व बुझाई संरक्षणमा केन्द्रीकृत गर्ने उद्देश्यले आयोजित जनचेतनामुलक कार्यक्रममा यसरी जोड दिइएको हो ।

गैह सरकारी संस्था जेड.एस.एल.को आयोजनामा सो कार्यक्रम भएको हो । उक्त कार्यक्रममा डिभिजन बन कार्यालय बाराका प्रमुख बिनोद सिँह र जेड.एस.एल. का प्रचण्ड महर्जनले बाघ प्रकृतिको महत्वपूर्ण प्राणी रहेको बताए ।

उनीहरुले कार्यक्रमको सहजिकरण गर्दै सहभागी बन उपभोक्ता समूहका प्रतिनिधिहरुलाई प्राकृतिक सन्तुलनको लागि भए पनि बाघको संरक्षण गर्न आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा सब डिभिजन बन कार्यालय पथलैयाका प्रमुख सहायक बन अधिकृत ललन राउत,साहयक बन अधिकृत नेपाली साह,गढीमाई साझेदारी बन उपभोक्ता समूह पथलैयाका अध्यक्ष रामएकवाल साह तेली लगायत बारा र पर्सा जिल्लाका साझेदारी र सामुदायिक बन उपभोक्ता समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds