निःशुल्क आँखा परीक्षण शिवीरमा १६० जनाको आँखा परीक्षण

रञ्जन यादव
390 पाठक संख्या

बाराको नेपाल राष्ट्रिय माद्यमिक विद्यालय महेशपुरमा भएको निःशुल्क आँखा परीक्षण शिवीर सम्पन्न भएको छ । सो शिवीरमा १६० जनाको आँखा परीक्षण गरिएको छ ।

कलैया उपमहानगरपालिका वडा नं.२६ मा आयोजित शिवीरमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सहजीकरणमा भएको हो ।

प्रस्तावित निजगढ तिलगंगा सामुदायिक आँखा हस्पीटल निजगढ बाराको सहयोगमा शिबीर सम्पन्न भएको हो ।शिवीरमा आँखा जाँच गरिएका मध्य ३० जनामा मोतियाबिन्दुको विरामी फेला परेको छ ।

शिवीरमा आँखा अस्पतालका नेत्र सहायक गजेन्द्र कुमार महत्तो,यमुना राई र क्षितीज राईले विरामीका आँखा परीक्षण गरे । आँखामा मोतियाबिन्दु भएका ती विरामीहरुको आँखा हस्पीटल निजगढले आईतबार निःशुल्क सल्यक्रिया गरिदिने सहकारी संस्थाका अध्यक्ष नयनकला खड्काले जानकारी दिइन् ।

विरामीहरुलाई लैजाने र ल्याउने सम्मको काम अस्पतालले नै गर्ने उनले जनाइन् । यसले गर्दा विरामीको एकरुपैंया खर्च लाग्दैन,उनले भनिन् ।आँखा अस्पतालसँगको सहकार्यमा सहकारीले बर्षेनी २,३ वटा सम्म शिविर संचालन गर्दै आएको छ ।

Leave a review

This will close in 0 seconds