जनताका समस्या समाधानमा गठबन्धनले ध्यानमा दिएन–पुर्बमन्त्री पौडेल

साझेदारी दैनिक
319 पाठक संख्या

नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको जितपुर सिमरा उपमहानगर कमिटीको प्रथम नगर अधिवेशन शनिबार रजघट्टामा सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन एक समारोहविच नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले गरे ।

पौडेलले गठबन्धन सरकार जनताका समस्या समाधान गर्ने तर्फ ध्यानमा नदिएको आरोप लगाए । आदिवासी जनजातिका समस्या समाधान गर्ने तर्फ सरकारको कुनै ध्यान नदिएको उनले बताए । गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप थियो ।

जति दिन यो सरकार रहन्छ त्यति नै मुलुकमा आर्थिक संकट बढ्ने उनले जनाए । मुलुक अधो गतितिर जाने दाबी समेत उनले गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय महासचिव पासाङ भोटे तामाङ, एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल,नेकपा एमाले मधेस प्रदेश कमिटीका सदस्य तथा प्रदेश सांसद देवनारायण चौधरी,प्रदेश कमिटी सदस्य किशोर शर्मा, महासङ्घका केन्द्रीय सदस्यहरू चयन गुरुङ,सीता गुरुङ, मधेस प्रदेशका अध्यक्ष दुर्गा गुरुङ,एमाले एमालेका नगर अध्यक्ष तथा जितपुरसिमराका उपप्रमुख भोला अधिकारी,एमाले जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठ लगायतले सो कार्यक्रममा सम्बोधन गरे ।

उनीहरुले अधिवेशन सफलताको कामना समेत व्यक्त गरे । अधिवेशनले सुवास श्रेष्ठलाई अध्यक्ष,हेमनारायण चौधरीलाई उपाध्यक्ष र श्यामबाबु खा सचिब र कोषाध्यक्षमा अनिता रुम्बालाई चयन गरेको छ ।

अधिवेशनले ४५ सदस्यीय उपमहानगर कमिटी गठन गरेको छ। अधिवेशन जयकिशोर राउतको सभापतित्व र सुभाष श्रेष्ठको सहजीकरणमा सम्पन्न भएको हो।

Leave a review

This will close in 0 seconds