बेसाहाराको साहारा बन्दै इस्लामिक रिलिफ वल्र्डवाइडको एससिआर परियोजना

साझेदारी दैनिक
557 पाठक संख्या

एल.शर्मा /

“हामरा जैसन बुढ आ बेसाहाराके दुःख बाँटेला हेतना मदद कैलख, एला बहुत बहुत धन्यवाद ईस्लामिक रिलिफ आ जेजेवाइसीके ।” भन्दै आँखा भरे ७९ वर्षिय इसरी साह कानुले ।

बारा महागढीमाई नगरपालिका वडा नं. १ बरियारपुर निवासी उनले बुधबार अपराह्न ५० हजार बराबरको मसला जन्य सामग्री पाएपछि साहारा पाए जस्तै महसुस गरेका छन ।

इस्लामिक रिलिफ वल्र्डवाइडको सहयोगमा जनजागरण युवा क्लब (जेजेवाइसी)को सहजिकरणमा संचालित समुदायको उत्थानशिलता सुदृढिकरण (एससिआर) परियोजना अन्र्तगत साहले सहयोग पाएका हुन् ।

आर्थिक अवस्था कमजोर रहेको विपन्न परिवारको अवस्था सुधार गरी खाद्य सुरक्षा गर्ने तथा स्वस्थ र शिक्षित भविष्य निर्माण गर्ने उद्देश्यले साना व्यवसाय सहयोग गरिएको परियोजनाले जनाएको छ ।

४ छोरीको विवाह गरी घरजम गराइसकेका उनका १ छोरा लेवरको काम गरी स्वयंको मात्रै खर्च धान्ने भएका कारण घरको सम्पूर्ण जिम्मेवारी आफैंले बोक्नुपरेको उनले बताए । “विदेशसे लौटलाके वाद बेटा ओतना जिम्मेवारी नलेतरहे, त हम हिं बजारे बाजरे जाके मसाला बेचे लगनी, मामुली कमाईसे पोताके वोर्डींगके खर्चा नसमाइल त उ खिसे पढाई छोडके ट्रकके खलासी करे लागल ।” मन भारी बनाउँदै उनले थपे “ना खेत, ना हि ढंगके कमिनी, बहुत मुस्कीलसे गुजारा चलावत रहनी । माकिर आज हमर गल्ला बढ्गइल, बहुत खुश वानी ।”

श्रीमती, गर्भवती बुहारी, सानी नातीनि सहितको परिवारको दैनिक खर्च धान्दै चाडपर्व, परपाहुनाको स्वागत र उपचारको खर्च पुर्याउने जिम्मेवारी पुरा गर्ने एक्लो त्यो पनि वृद्ध काँधमा हुनु साँच्चै समस्या ग्रस्त अवस्था हो । त्यसमाथी वर्षामा चुहिने पुरानो खपडाको घरको मुहार फेर्ने सपना अर्को बोझ बनेको छ साहको ।

भेटघाट र छलफलको क्रममा साहको गल्ला थोरै त्यसमाथी उधारो भएका कारण दैनिक गुजारामा समेत समस्या परेको पाइएपछि सहयोगका लागि प्रकृया अघि बढाइएको एससिआर परियोजनाका सामुदायिक परिचालक सुरेश प्रसाद यादवको भनाई छ ।

त्यस्तै शिक्षा र सिप विना सँधैजसो ज्यालादारी काम पनि नपाउँदा श्रीमान्लाई आर्थिक रुपमा सहयोग गर्न नसकेको पिडाबाट मुक्ति पाएको भन्दै खुशि व्यक्त गरिन् ४० वार्षिया रेखा देवी लहेराले । महागढीमाई नगरपालिका बरियारपुरकै स्थानीय विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गरेर उनका श्रीमान्ले परिवारको गुजारा चलाएका छन् ।

जग्गा जमिन नैखे, दुलाहा एकेलेके शिरे घरके सारा जिम्मेवारी परल बा । उनकर दुःख बाँटेला चाहके भि हम कवनो मदद नाकरे सकतरहनी । माकिर इस्लामिक रिलिफ आउरी जेजेवाइसीके इ सहयोगसे हमरा रास्ता मिलगइल ।” छेउमै रहेको छोराको टाउको सुम्सुम्याउँदै उनले थपिन् “अब हम बजारे बजारे जाएम आ मसाला बेचके दु पैसा आम्दानी करेम आ उनकराके मदद् करेम् ।”

स्थानीय बरियारपुर, अर्नावा चौक, बघवन र गढीमाई बजारमा मसला बेच्ने र अर्थोपार्जन गर्ने सोेचका साथ बुधबारका दिन ४ जनाले मसला पिस्ने मिल तथा मसला जन्य सामग्री पाएका छन् ।

महागढीमाई नगरपालिका तथा सुवर्ण गाउँपालिकाको ७ वटा वडामा रहेका ४ सय कृषकलाई जलवायु मैत्री खेतीपातिमा विभिन्न किसिमका सहयोग मार्फत उत्प्रेरण जगाइरहेको एससिआर परियोजनाले खेत विहिन विपन्नलाई साना व्यवसायमा सहयोग गर्दै आइरहेको छ ।

परियोजना अन्र्तगत गत गत मंसिर ४ गते देखि व्यवसायका लागि माग भए अुनसारका सामग्री वितरण भइरहेको परियोजनाका कार्यक्रम संयोजक डा.अजय कुमारले जानकारी दिए । उनका अनुसार किराना,मासु,खाजा,फलफूल,तरकारी, परम्परागत(बाँसको दाउरा सुपली) जस्ता विभिन्न व्यवसाय गर्न चाहने १ सय २७ जनाले प्रती व्यक्ति ५० हजार बराबरका सामग्री लिइसकेका छन् ।

त्यस्तै व्यवसाय पूर्वको एस.आइ.वाइ.वि तालिम प्राप्त गरिसकेका पारचुन, स्टेशनरी, फोटोकपी, मोवाइल रिपेयरींग, सेंट्रिग लगायतका व्यवसाय रोजेका लाभग्राहीहरुलाई सामग्री प्रदान गर्ने अन्तिम तयारी भएको उनले बताए । कार्यक्रम संयोजक डा. कुमारका अनुसार ३९ जनाले बाख्रा पालन रोजे अनुसार तालिम लिएको तथा खोर निर्माण पश्चात् बाख्रा प्राप्त गरी पालनपोषणमा अग्रसर भइसकेका छन् ।

यसअघि गत वर्ष पनि साना व्यवसाय तथा संरक्षण तर्फका गरि १ सय ८० जनाले साना व्यवसायका लागि प्रतिव्यक्ति ५० हजार रुपैंया बराबरको समाग्री लिएर व्यवसाय गरिरहेको परियोजनाका लेखा अधिकृत पवन कुमार सहनीले बताए ।

Leave a review

This will close in 0 seconds