बारा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी बारा जिल्ला अदालतमा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।
प्रहरीले शिक्षा सम्बन्धी मुद्दामा सात हजार जरिवाना लगाएको महागढीमाई वडा नम्बर ६ बबुआइन निवासी३१ वर्षीय सोनालाल प्रसाद यादवलाई पक्राउ गरेको हो ।
यस्तै चोरी सम्बन्धी मुद्दामा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० वस्ने २५ वर्षीय मुनिलालप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यादव माथि अदालतले पाँच महिना चार दिन कैद र पाँच हजार जरिवाना गरेको थियो ।


