ठाकुर राम क्याम्पसमा हजारौं दिप प्रज्वलन

साझेदारी दैनिक
1.6k पाठक संख्या

अनिल कुमार साह/

भारतको उत्तर प्रदेश (युपी) राज्य अन्तर्गत पर्ने अयोध्यामा आज मर्यादा पुरुषोत्तम भगवान श्रीरामको मुर्तीको प्राण प्रतिष्ठानको शुभ अवसरमा विरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा हजारौं दिप प्रज्वलन गरिएको छ ।

नेपाल विद्यार्थी संघका विद्यार्थी नेता करण पाण्डेको अगुवईमा सो दिप प्रज्वलन गरिएको हो ।

उक्त दिप प्रज्वलन कार्यक्रममा विद्यार्थी नेताहरू गौतम शर्राफ, अमन सिंह,मुकेश शाह,गौतम यादव,अभिजित यादव,अर्जुन गुप्ता,राजु गुप्ता,विशाल शाह,अनिष कुशवाहा,रितेश गुप्ता, आशुतोष यादव,सन्दिप कुशवाहा,राहुल पटेल,सुरज पटेल, दिपक सिंह,सुमन साह,सुरज कर्ण,आसिष गुप्ता,गणेश सिंह राजपुत लगायतको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds