कलैया । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा नहरको पानीमा डुबेर ६ महिने शिशुको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय मोबारक मियाकी अन्दाजी ६ महिने छोरी सनाया खातुन रहेकी छन्। प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे घरआँगनमा खेल्ने क्रममा आँगनसँगै टाँसिएको उत्तरबाट दक्षिणतर्फ बगेको नहरको पानीमा डुबेर उनी घाइते भएकी थिइन्।
घाइते शिशुलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया ल्याइएकोमा चिकित्सकले ईसीजी परीक्षणपछि साँझ ६ः३० बजे मृत घोषणा गरेका थिए।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायब निरीक्षक राकेश साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
उनका अनुसार मृतक शिशुको शव प्रादेशिक अस्पताल कलैयामै राखिएको छ।


