एनसेल घोटालाको निष्पक्ष छानविनको माग गर्दै मानव अधिकार तथा शान्ति समाज बाराको सिमरामा मंगलबार प्रदर्शन गरेको छ ।
ईलाका प्रशासन कार्यालय सिमरा अगाडी एनसेल घोटाला विरुद्ध एकघण्टाको शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको शाखा सचिव निराजन थापाले जानकारी दिए ।
दिऊँसो ३ बजे देखि सुरु भएको कार्यक्रम ४ बजे सम्म गरिएको हो । कार्यक्रमलाई शाखा सभापति लक्ष्मण साह तथा पूर्व शाखा सभापति रघुनाथ लामिछानेले सम्बोधन गरेका थिए ।अरबौंको एनसेल घोटालाको निश्पक्ष छानविन गर ।
शान्ति समाजको आवाज बुलन्द पार्दैछौं । सम्बन्धित निकायहरूको ध्यानाकर्षण होस् । हाम्रो प्रदर्शन जारी छ। भन्ने नारा सहितका प्लेकार्ड समेत सो अवसरमा प्रदर्शन गरिएको थियो ।


