जिल्ला तथा स्थानीय सरोकारवालासंग भयो अन्र्तक्रिया

साझेदारी दैनिक
392 पाठक संख्या

बाराको कलैया ६ स्थित करण राज होटेलमा सोमबार जिल्ला तथा स्थानीय सरोकारवालाहरु संग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वान हार्ट वल्र्डवाइड नेपालको सहयोग, जिल्ला स्वास्थ्य कार्यालय, बाराको समन्वय तथा जन जागरण युवा क्लब (व्व्थ्ऋ) बाराको आयोजनामा संचालित एक कार्यक्रमबारे सो अन्र्तक्रिया भएको हो ।

स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य प्रर्वद्धन कार्यक्रम अन्तरगत सिमुलेसनमा अधारित मेन्टरसिप कार्यक्रम बारा जिल्लामा संचालन गर्न जिल्ला तथा स्थानीय सरोकारवालासंग अन्तरकृया तथा बैठक सम्पन्न भएको हो ।

जिल्ला जन स्वास्थ्य कार्यालयका फोकल पर्सन श्री रघुवेन्द्र कर्णको अध्यक्षतामा सो अन्र्तक्रिया भएको हो ।

कार्यक्रममा बाराका १६ वटै पालिकाका स्वास्थ्य संयोजकहरु, प्रादेशिक अस्पताल कलैयाका प्रतिनिधि, जिल्ला जन स्वास्थ्य कार्यालयका प्रतिनिधि, वान हार्ट वल्र्डवाइडाका प्रतिनिधिहरु तथा जेजेवाइसीका प्रतिनिधिहरु गरी जम्मा २६ जनाको सहभागिता थियो ।

जसमा २३ जना पुरुष र ३ जना महिला रहेका थिए । कार्यक्रमको मुख्य उदेश्य तथा स्वागत संस्थाका कार्यकारी निर्देशक श्री निवास बैठाले गरे। क्द्यःए कार्यक्रमबारे संक्षिप्त अभिमुखिकरण कार्यक्रम संयोजक श्री सावन यादवले गरे ।

त्यस्तै जिल्लामा यस कार्यक्रमको प्रभावकारिताबारे अध्ययन नतिजा प्रस्तुतिकरण इज्ध् का बरिष्ट कार्यक्रम संयोजक श्री निलेश पारवानाले गरे। कार्यक्रम स्केल अप बारे प्रस्तुतिकरण छलफल इज्ध् का जिल्ला संयोजक श्री उपेन्द्र कुमार सिंहले गरेका थिए ।

कार्यक्रमबारे सहजिकरण इज्ध्का वरिष्ट कार्यक्रम अधिकृत संदिपा लामा तथा जेजेवाइसीका फिल्ड अधिकृत श्री विजय महतोले गरे ।
यो कार्यक्रम सर्लाही, म्याग्दी, दोलखा र उदयपुरमा सफलता पुर्वक संचालन भएको हो ।बारा जिल्लामा पनि स्केल अप गरेर ३ वटा हवहरु (कलैया अस्पताल, सिमरा अस्पताल र नीजगढ पि.एच.सी) तथा ६ वटा सब हबहरु (बरियारपुर, नरही, प्रसौना, बेनौली, खोपवा र कोल्हवी स्वास्थ्य चौकीहरु) राखेर कार्यक्रम अगाडी बढाउने सर्वसम्मत निर्णय समेत भएको हो ।

कार्यक्रमको अध्यक्षता गरिरहेका रघुवेन्द्र कर्णले जिल्लामा कार्यक्रम ल्याएकोमा आयोजक संस्थाहरुलाई धन्यवाद दिए । यस कार्यक्रमले मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवद्र्धन तथा आमा र नवजात शिशुको मृत्युदर घट्ने उनले विश्वास व्यक्त गरे ।

स्वास्थ्यकर्मीहरुमा गुणस्तरीय सेवा प्रदान गर्नमा धेरै सहयोग पुग्ने अपेक्षा उनले गरे । कार्यक्रमको अग्रिम उत्तरोत्तर प्रगतिको कामना उनले व्यक्त गरे ।

Leave a review

This will close in 0 seconds