नौ किलो गाँजा सहित दुई जना पक्राउ

साझेदारी दैनिक
255 पाठक संख्या

प्रतिबन्धित गाँजासहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्साको  वीरगञ्ज महानगरपालिका–२५ चण्डालचोकमा जाच गर्ने क्रममा विश्रामपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१३ प ६५९५ नम्बरको मोटरसाईकलबाट गाँजा बरामद गरेको हो ।

मोटरसाईकलमा सवार वीरगञ्ज महानगरपालिका–१६ फुलवारी टोल बस्ने ईसलाम मियाँको साथबाट एक किलो आठ सय ग्राम गाँजा बरामद भएको छ ।

वीरगञ्ज महानगरपालिका–९ घण्टाघर तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनबाट पर्सा सखुवाप्रसौनी गाउँपालिका–८ जमुनिया बस्ने ध्रुव ठाकुरलाई तीन किलो पाँच सय ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

पर्सा प्रहरीले वीरगञ्ज–१६ स्थित रहेको कवाड गोदाममा गाँजा खरिद बिक्री भैरहेको सूचनाको आधारमा खटिएको प्रहरीले गोदाम भित्र लुकाई राखिएको पाँच किलो आठ सय ग्राम गाँजा बरामद गरेको छ ।

गोदाम संचालक भारत विहार पूर्वी चम्पारण ग्राम बस्तीपुर सिमरा रामगढवा बस्ने अरविन्द कुमार गुप्ता फरार छन् ।

उनको खोजतलास भईरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review

This will close in 0 seconds