एन. प्याब्सन नगर पदाधिकारीहरुको भयोे शपथ ग्रहण

रञ्जन यादव
195 पाठक संख्या

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल –एन. प्याब्सन) जीतपुरसिमरा नगर कमिटिका नव निर्वाचित  कार्यसमितिले पदभार ग्रहण गरेका छन् ।

उनीहरुको मंगलबार शपथ ग्रहण तथा पदस्थापन गरिएको हो ।

निर्वाचन संयोजक सुबोधकुमार गुप्ताले नवनिर्वाचित अध्यक्ष अनिल तिवारी सहितका पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई पदस्थापन तथा शपथ ग्रहण गराएका छन् ।

निर्वाचन संयोजक गुप्ताले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र समेत वितरण गरेका हुन् ।

शपथ ग्रहणपछि कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तिवारीले विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधैँ क्रियाशील भएर लागि पर्ने बताएका छन् ।

एन. प्याब्सन जीतपुरसिमरा नगर कमिटिको शनिबार सम्पन्न अधिवेशन बाट उपाध्यक्षमा दिपेन्द्रकुमार साह, सचिवमा सरोजचन्द्र कार्की, कोषाध्यक्षमा नरेन्द्र तामाङ्ग निर्वाचित भएका हुन् ।

कार्य समिति सदस्यमा गौतम चौधरी, मधुसुदन चौधरी नर्विरोध निर्वाचित भएका थिए ।पदभार ग्रहण पश्चात नगर कमिटिको प्रथम बैठक सम्पन्न भएको छ ।प्रथम बैठकमा एन प्याब्सनको तर्फ प्रतिनिधिको रुपमा बसन्त ढकाललाई पठाउने निर्णय गरिएको अध्यक्ष तिवारीले जानकारी दिएका हुन् ।

एन. प्याब्सन जीतपुरसिमरा नगर कमिटि गठनमा अहम भूमिका खेलेका एन प्याब्सनका पदाधिकारीलाई एन प्याब्सन जीतपुरसिमरा नगर कमिटीले धन्यवाद ज्ञापन समेत सो बैठकले गरेको छ ।

Leave a review

This will close in 0 seconds