कलैया : जनता समाजवादी पार्टी नेपाल निकटस्थ समाजवादी यूवा संघ नेपालको जिल्ला कमिटीको शनिबार कलैयामा बैठक सम्पन्न भएको छ।
कलैया ४ स्थित पार्टी कार्यालयमा दिपेन्द्रप्रसाद यादवको अध्यक्षतामा सो बसेको बैठकमा पूर्व माननीय रामबाबु यादव पार्टीका केन्द्रिय सदस्य रामकिशोर यादवको विशेष उपस्थितिमा सो बैठक बसेको हो।
बैठकले मुकेश मण्डल संयोजक र उपेन्द्र यादव सहसंयोजक रहने गरी सात सदस्यीय तदर्थ समिति गठन गरेको छ। सो समितिले जिल्लाको १६ वटै पालिकामा संगठन विस्तार र अधिवेशन गराउने छ।
समितिको सदस्यमा शेष महताब,जयकरणप्रसाद यादव, दिपककुमार साह, धनसुनर यादव, नरेश यादव रहेका छन्। बैठकले सरकारले गर्न लागेको भूमि अध्यादेशको विरोधमा सशक्त रुपमा सामाजिक सञ्जाल तथा सडक आन्दोलन गर्ने सर्वसम्मतले निर्णय गरेको छ।
मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गराउन सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउने निर्णय बैठकले गरेको छ।सुखा क्षेत्र घोषणा भएको क्षेत्रमा जनतालाई चाहिने आवश्यक श्रोत सामाग्री उपलव्ध गराउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने बैठकले सर्वसम्मतले निर्णय गरेको छ।

