करण कुमार मिश्र/
रौतहटको माधवनारायण नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गरिएको छ ।
सोमबार एक कार्यक्रमकावीच माधवनारायण नगरपालिकाका नगरप्रमुख बैधनाथ प्रसाद यादव र उप–प्रमुख निर्मला देवी रमनले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।
करिब ११ करोड ८८ लाख ९२ हजार दुई सय ९४ रुपैयाको लागतमा निर्माण हुने उक्त प्रशासनिक भवन एमएस चाँदी देवी श्री राम जेभी बिदुर नुवाकोटले निर्माण गर्न सकार गरेको छ ।
गत २०८० साल चैत २७ गते माधवनारायण नगरपालिका र एमएस चाँदी देवी श्री राम जेभी बिदुर नुवाकोट बिच भवन बनाउने बिषयमा सम्झौता भएको थियो । कंम्पनीले प्रशासनिक भवन आउदो आर्थिक वर्ष २०८२ साल चैत २७ गते संम्पन गरिने समझौता भएको मेयर यादवले जानकारी दिनुभयो ।
माधोपुर बजारदेखि दक्षिण पिप्रा–गौर जाने मुख्य सडक संगै जोडिएको पुर्व साईडमा रहेको श्री राम जानकी मन्दिर गुठठी संस्थानका ७ कठा र सोही संग जोडिएको नगर प्रमुख यादवको निजी जग्गा ५ कठा गरी कुल १२ कठा क्षेत्रफल भएको जमिनमा उक्त भवन शिलान्यास गरिएको हो ।
नगरप्रमुख यादवले करोडौं रुपैयाको लागतमा खरिद गरेको जग्गा पालिकाको नाममा रजिष्टेशन पास गरिएपछि सो जग्गामा भवन शिलान्यास कार्यक्रम संम्पन्न भएको जानकारी दिनुभयो ।
स्थानीय तह स्थापना भए देखि आफनो भवन नहुदाँ नगरपालिकाले लाखौं रुपैया खर्च गरेर भएपनि भाडाको घरबाट प्रशासनिक सेवा दिदैं आएको छ । नगर प्रमुख यादवले पालिकाको अब अफनै भवन भएपछि नगरको करोडौं रुपैया बचत हुने र सो रकम नगरको बिकाशमा खर्च गरिने बताए ।
त्यस्तै नगर प्रमुख यादव र उपप्रमुख रमनले विवाह मण्डको पनि शिलान्यास गर्नु भएको छ। शिलान्यास गरिएको नगरपालिकाको प्रशसनिक भवनकै अगाडी मुख्य सडक संग जोडिएको पश्चिम साईडमा उक्त विवाह मण्डप शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा एक देखि नौ सम्मका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु र स्थानीहरुको सहभागिता रहेको थियो ।

