बारा प्रहरीले शनिबार ३९ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।
ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियान अन्र्तगत जिल्लाको विभिन्न ठाउँहरुबाट सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको हो ।
कारवाहीबाट ४४ हजार राजश्व संकलन भएको छ । साथै प्रहरीले ट्राफिक सम्बन्धी सचेतना समेत दिएको छ ।

