अहिले मध्य तराई लागयत देशभरका जिल्लाहरुमा आगलागीका घटनाहरु बढि भईरहेका छन । अत्याधिक गर्मी र हावाहुरीका कारण आगलागीका घटनाहरु भईरहेका छन ।
यसैविच बाराको रमौली स्थित टायल उत्पादन गर्ने उद्योग नेपोभिट उद्योगमा आगलागी भएको छ । आगलागीबाट उद्योगको १ करोड १५ लाख रुपैयाको क्षती भएको उद्योगले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको नेपोभिट उद्योगको १०१० के.भि.को जेनेरेटरमा आगलागि भएको उद्योगका प्रबन्ध निर्देशक मनोज रौनियारले जानकारी दिएका छन । १ करोड १५ लाख रुपैयामा खरिद गरिएको जेनेरेटर पुरै जलेर काम नलाग्ने भएको रौनियारले बताए ।
जीतपुरसिमरा उपमहानगरपालिकाबाट गएको बारुण यन्त्र र उद्योगमा कार्यरत मजदुरहरुको साहयताले आगलागी नियन्त्रणमा आएको थियो ।
बारम्बार भईरहेको लोडसेडिङ्गले जेनेरेटरमा समस्या आई आगलागी भएको प्रबन्ध निर्देशक रौनियारले दाबी गरेका छन ।


