दुई जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
290 पाठक संख्या

बारा प्रहरीले दुई जना फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले मोटरसाईकल चोरी मुद्दामा अदालतबाट ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना पाएका बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ प्रसौनी बस्ने अन्दाजी २५ वर्षीय सुरज रामलाई पक्राउ गरेको छ ।

त्यस्तै अस्थाई प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको प्रहरीले जुवा मुद्दामा अदालतबाट दुई सय रुपैयाँ जरिवाना पाएका जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ०४ बघवन वस्ने अन्दाजी ४२ वर्षीय गौरीशंकर प्रसाद जैसवाललाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review