मदिरा बनाउने कच्चा पदार्थ एवम् अबैध घरेलु मदिरा नष्‍ट

संदिप प्रसाद यादव
362 पाठक संख्या

बारा प्रहरीले १६ हजार लिटर अबैध घरेलु मदिरा नष्‍ट गरेको छ ।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० स्थित धैरघारीमा अवैध रुपमा सञ्चालन गरेको अबैध मदिरा भट्ठी नष्‍ट गरिएको हो ।

नष्ट गरिएको कच्चा पदार्थ १२ हजार लिटर अन्दाजी मुल्य रू. ७ लाख २० हजार रुपैयाँ र तयारी मदिरा ४ हजार लिटर अन्दाजी मुल्य रु ४ लाख रुपैयाँ बराबरको रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रहरी प्रवक्ता न्यौपानेका अनुसार ३५ थान ड्रम,११ थान मेसिन र ६ थान ताउलो बरामद गरिएको छ ।

Leave a review