वीरगञ्जमा चापाकल सुकेर खानेपानीको अभाव भएकोमा यस्को फाईदा पानी उद्योगले उठाउदै आएका छन् । उनीहरुले गुणस्तरहीन पानी बिक्री वितरण गरिरहेका छन ।
वीरगञ्जमा गत बर्षदेखि नै खानेपानीको अभाव हुन थालेको थियो ।यसको फाईदा पानी उद्योगहरुले उठाईरहेको खुलाशा भएको छ ।
सरोकारवाला निकायको सँयुक्त टोलीले मंगलबार वीरगञ्जमा रहेको आधा दर्जन भन्दा बढी पानी उद्योगहरुमा अनुगमन गर्दा पानी उधोगहरुले उपभोक्तालाई गुणस्तरहीन पानी बिकी वितरण गरिरहेको भेटिएपछि यस्को खुलाशा भएको हो ।
अनुगमनको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर १२ ब्रह्म चौक स्थित गँगोत्री पियोर ड्रिन्किङ्ग वाटर उद्योगमा गुणस्तरहीन पानी भेटिएको हो ।
वडा नम्बर १६ रजतजयन्ती चौकमा रहेको निर्जल जल प्रालि, वडा नम्बर १० रानिघाट स्थित बालाजी पियोर ड्रिन्किङ्ग वाटर र वडा नम्बर २ मा रहेको वीरगञ्ज पियोर ड्रिन्किङ्ग वाटर उद्योगमा गुणस्तरहीन पानी भेटिएको छ ।ति उद्योगको पानीको नमुना परीक्षणको लागि संकलन गरिएको छ ।
पानीको बिक्रि वितरण रोक्का गरिएको खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश सिंहले साझेदारी दैनिकलाई जानकारी दिए । ती उद्योगहरुलाई तत्काल कारवाही गर्दै पानीको उत्पादन,बिक्रि बितरण रोक्का गरिएको उनले जनाए ।
उद्योगले उद्योग निरीक्षण गराई सम्पुर्ण व्यवस्था मिलाई मात्र उत्पादन बिक्रि बितरण गर्न निर्देशन दिईएको उनले बताए । अनुगमनको क्रममा पूर्वाधार ( मापदण्ड ) मा कमि रहेको पाइएको छ ।
प्रशोधन कक्ष,पुर्न प्रशोधन कक्ष,वाशिङ्ग युनिट,फिलिङ्ग युनिट छुट्टाछुट्टै कक्ष नभएको पाइएको छ । यस्तै २० लिटर प्रशोधित पिउने पानी जारमा सुरक्षणशिल समेत नभएको पाइएको छ ।
पुराना जारहरुलाई प्वाल पानी डिस्पोज गरेको जस्ता समस्याहरु भेटिएको सिँहको भनाई छ ।गत बर्षदेखि नै चर्को गर्मीका कारण वीरगञ्जसहित पर्सा बारा जिल्लामा चापकलहरु सुक्ने क्रम जारी रहेको छ ।अनुगमन टोली पुग्दा केही उद्योगहरुले ताल्चा लगाएको पाइएको सिंहले जानकारी दिए ।
अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय पर्साका ब्रह्मदेव यादव, वीरगंज उद्योग वाणिज्य संघका मनोजकुमार दास,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पर्साका कार्यालय प्रमुख सुरेश सिंह,जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सत्यनारायण साह, उपभोक्ता हित संरक्षण मंच पर्सा,खाद्य अधिकृत प्रबिण तिवारी,खाद्य प्रबिधि तथा सन्दिप संगौला,बिरगंज उद्योग वाणिज्यका मनोज दास,बाणिज्य कार्यालय पर्साका मधुरेशप्रसाद शाह,प्रमोद बुढाथोकी लगायतका रहेका थिए ।

