गणतान्त्रीक व्यवस्थाले देशलाई प्रगतिको बाटोमा अगाडि बढाईरहेको कलैया उपमहानगरपालिका नगर प्रमुख बिनोद साहले बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा मंगलवार कलैया उपमहानगरपालिकाको परिसरमा आयोजित झण्डोत्तोलन तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै मेयर साहले देशमा गणतन्त्र आएपछी भौतिक, सामाजिक र आर्थिकसंगै सर्वाङ्गिक बिकाश भईरहेको बताएका हुन् ।
उनले गाउँ-गाउँ सिंहदरबार पुगेको र सो संगै बिकाशको रफ्तार पनि बढेको बताए।
‘सडक, शिक्षा र स्वास्थ्य व्यवस्था सुध्रीनुका सांथै सामाजिक बिकासको गति अगाडि बढिरहेको छ।’, उनले भने- ‘अभिब्यक्ती स्वतन्त्रता र देशप्रतिको दायित्वबोध पनि यहि व्यवस्थाले प्रदान गरेको छ।’
नगर प्रमुख साहले देशको चौतर्फी बिकाशका लागि सबै पक्ष एक भएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नाथु साहले गणतन्त्रका कारण जनताले देशप्रती अपनत्व महसुस गरिरहेको बताउनु भयो।
सो अवसरमा वडाध्यक्षहरु चन्दन पटेल,ध्रुव राउत अहिर,मोहन साह कानु,कार्यपालिका सदस्य नेताहरु पुरुषोत्तम साह,राजमहम्मद राय, राकेश पाण्डेय लगायत कर्मचारीहरुको सहभागी रहेका थियोे ।


