बाराको करैयामाई गाउँपालिकाको पाँचौ गाउसभाको बैठकमा बुधबार नीति कार्यक्रम तथा बजेट पेश भएको छ ।
गाउँपालिकाको सभाहलमा भएको आर्थिक वर्ष ०८१/०८२ को प्रथम गाउँ सभामा तेह्र करोड ४६ लाख ७० हजार तीन सय रुपैया बराबरको बजेट प्रस्तुत भएको हो ।
सो सभामा नीति तथा कार्यक्रम सभाको अध्यक्षता गरेका गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले प्रस्तुत गरेका हुन् ।
उनले गाउँपालिकाको पर्यटन,कृषि, सडक,शिक्षाको विकास गरी गाउँपालिकालाई अगाडी बढाइने बताए । उनले पर्यावरण जोगाउन रख विरुवा रोपिने बताए ।
उनले कृषि तथा शिक्षाको लागि विशेष योजना ल्याइने जनाए । शिक्षामा जनता मावि उमजन तथा जनसामुदायिक मावि हरैयामा अंग्रेजी माध्यमबाट शिक्षा शुरु गरिएको जनाए ।
गाउमा कालेपत्रे सडकहरु बन्ने क्रम तीव्र रहेको जनाए । सो कार्यक्रममा बजेट गाउँपालिकाकी उपाध्यक्ष सुनैना देवी चौधरीले बजेट प्रस्तुत गरेकी हुन् ।
उनले संघीय समानीकरणको रकम १० करोड छ लाख,प्रदेश सामानिकरण रकम ७० लाख,आन्तरिक श्रोत ६५ लाख ७० हजार तीन सय,मालपोत रोयल्टीको रकम ३० लाख,राजस्व बाँडफाडको रकम २५ लाख,नगद मौज्दात एक करोड ५० लाखको अनुमान गरेकी छन् ।
उक्त अवसरमा वडा अध्यक्ष प्रशुराम यादव,कार्यपालिका सदस्य सुरेन्द्रप्रसाद साह तथा वडा सदस्य नेसारुल अन्सारीले नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राखे ।
सो अवसरमा करैयामाई गाउँपालिकाका वडा अध्यक्षहरु,वडा सदस्यहरु,कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको हो । कार्यक्रमको सञ्चालन वीरेन्द्र वाइवाले गरे । उक्त अवसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतो लगायतको उपस्थिति रहेको हो ।


