दुधौरा खोलामा फ्लड लाइट जडान,दाहसंस्कार सहज हुने अपेक्षा

रञ्जन यादव
450 पाठक संख्या

बारा: बाराको जितपुर सिमरा उपमहानगरपालिकाले दुधौरा खोलामा फ्लड लाइट जडान गरेको छ।

उपमहानगरपालिकाको वडा नं. १४, १५, १६, १७ र १८ का स्थानीय बासिन्दाहरुले दुधौरा खोलामा दाहसंस्कार गर्न कठिनाई भोगेपछि फ्लड लाइट जडान गरिएको हो।

अँध्यारोका कारण दाहसंस्कारमा समस्या भएपछि स्थानीय स्तरमा समस्या समाधानका लागि नगर प्रमुख राजन पौडेलले फ्लड लाइट जडानमा पहल गरेका हुन्।

समस्या समाधानका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ४ र १४ को सिमानामा पर्ने दुधौरा खोलामा फ्लड लाइट जडान गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । यसले स्थानीय बासिन्दालाई रातको समयमा समेत सहज रूपमा दाहसंस्कार गर्न सहयोग पु-याउने अपेक्षा गरिएको छ।

उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले स्थानीयको समस्यालाई दृष्टिगत गर्दै यस योजनालाई प्राथमिकतामा राख्दै कामलाई अगाडि बढाएका हुन् ।

फ्लड लाइट जडान भएपछि दाहसंस्कार मात्र होइन,दुधौरा खोलाको क्षेत्रमा अन्य सांस्कृतिक तथा धार्मिक क्रियाकलाप सञ्चालन गर्न पनि सहज हुने विश्वास नगर प्रमुख पौडेलले लिएका छन्।

स्थानीय बासिन्दाहरुले यस कदमको स्वागत गर्दै उपमहानगरपालिकाको प्रयासप्रति धन्यवाद व्यक्त गरेका छन्।

Leave a review